एजेन्सी – भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म २५ वटा शव नहरबाट बाहिर निकालिएको छ । मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ ।
दुर्घटनामा परेका ७ जनालाई भने जीवितै उद्धार गरिएको छ । बसमा ५४ यात्रु सवार रहेको भारतीय प्रहरीले जएकोे छ ।
दुर्घटना रिवा–सीधी सीमास्थित छुहियाघाटीमा भएको थियो । जामका कारण चालकले रुट परिवर्तन गरेर
नहरको किनारै–किनार बस लैजादा सन्तुलन गुमे पछि बस नहरमा खसेको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन् ।
उद्धारका लागि गोताखोर टोली आई पुगेको छ । नहरमा पानीको बहाव तीव्र भएकाले उद्धार टोली पानीको सतह कम हुने प्रतीक्षामा छन् ।




















