एजेन्सी – कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै ७०० जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब १०० भन्दा बढी मानिस हराइरहेका छन् ।
उद्धारकर्ताहरुले ३०० भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको बताइएको छ ।
गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा १३५ जनाले ज्यान गुमाएका थिए ।




















