चितवन – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले सन्की भएर संसद भंग गर्दा देश अस्तब्यस्त भएको आरोप लगाए ।
आज चितवनमा आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने उनले धारणा राखे ।
नेता थापाले प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरे ।
सभालाई संबोधन गर्दै नेता थापाले चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी नभएको भन्दै पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजाने र नेपाली काँग्रेसले चुनाव जितेर आउने दावी गरे ।
अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराईकन सन्की प्रधानमन्त्रीलाई अदालतले पाठ सिकाउनु पर्ने थापाले बताए ।




















