चितवन – नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गर्दै ओलीले प्रतिगमनको बाटो समातेर हारिसकेको बताए ।
सोमबार गृहजिल्ला चितवन आईपुगेका उनले आफ्नो रयालीमा सहभागीहुनेलाई जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर भेलामा उतारेकोले त्यसको कुनै अर्थ नहुने समेत बताए । उनले भने ‘पहिला पञ्चले रयाली गर्दा यसरी नै जमिन बाँड्छौं भनेर सर्व साधारणलाई भेलामा उतार्ने र जयजयकार गर्न लगाउने गरेको भन्दै त्यसको केही अर्थ नरहेको’ बताए ।
दाहालले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउदै मत र व्यवहारमा दुबैमा हारिसकेको दावी गरे । ओलीले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी धरापमा पारेको भन्दै प्रचण्डले सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्ने बताए ।




















