स्याङजा – बालिकालाई जबर्जस्ती करणी अभियोगमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका २ का ५२ वर्षीय नामदेउ कुमाल रहेका छन् । उनले गत शनिबार बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई कुमालविरुद्ध जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।




















