काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपाल थप १२२ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले पुष्टी गरेको हो । यो सँगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
थप १ जनाको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणका कारण नेपालमा मृत्युहुनेहरुको संख्या २ हजार ५५ पुगेको छ ।




















