झापा – हामीले अहिले सम्म सुन्दै आएको कुरा हो पुरुषले महिलालाई बलात्कार गरयो । तर झापामा पुरुषले पुरुषलाई नै बलात्कार गरेका छन् ।
झापा प्रहरीका अनुसार कनकाई नगरपालिका ७ बिरिङ नदी किनारमा २ जना पुरुषले अर्का १ पुरुषलाई जबरजस्ती बलात्कार गरेर घाईते बनाउका छन् ।
कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र ७ का २१ वर्षीय विनोद टुडुले सोही नगरपालिका ७ बस्ने ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेको तथ्य खुल्न आउको हो ।
पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बलात्कारमा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिलाई मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको झापा प्रहरीले जनाएको छ ।




















