एजेन्सी – भारतको आन्ध्र प्रदेशमा बस र ट्रक एक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।
कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान ४ बजेतिर भएको दुर्घटना ८ महिला, ५ पुरुष र १ बच्चाको मृत्यु भएको भारत सरकारले पुष्टी गरेको छ । यी सबै जना अजमेर तीर्थयात्रामा जाँदै थिए ।
भारतीय प्रहरीका अनुसार बस अनियन्त्रित हुँदै भएर विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।
कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा सवार ४ जना बच्चा भने बाँचेका छन् । उनीहरुमध्ये २ जना बच्चाको अवस्था निकै गम्भीर छ ।




















