एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरेर मार्ने धम्की दिने एक युवकलाई पक्राउ परेको छ ।
नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले संघीय अभियोगमा पक्राउ गरेको पुष्टी गरेको हो । उनले पटक पटक राष्ट्रपती कार्यालय ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति बाईडेनलाई मार्ने धम्की दिदै आएका थिए ।
डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छ’ु भन्दै धम्की दिने गरेको अमेरिकी प्रहरीले जनाएको छ । उनले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेको खुलासा भएको छ ।
अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई ५ वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।
डेभिड यसअघि सन् २००९ मा लुटपाटमा संलग्न भएको प्रमाण समेत प्रहरीले फेला पारेको छ । डेभिडका वकिलले उनी मानसिक समस्या रहेको बताएका छन् ।
गत महिना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य मानिसलाई ज्यान मार्ने धम्की दिने १ जनालाई ९ वर्ष जेल सजाय सुनाइएको थियो ।




















