काठमाण्डौं – नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी छन् ।
राजधानीको शंखमुल स्थित उनको घरमा पुगेको प्रहरी टोलीलाई झाँक्रीले यो राजनैतिक मुद्वा भएका कारण उचित कारण सहितको पक्राउ पुर्जि लिएर आउन प्रहरीलाई आग्रह गरेकी हुन ।
गोरखाको एक कार्यक्रममा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई गृह मन्त्रालयले उनलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आदेश दिए पछि आज महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको हो ।
अहिले उनको घरमा विभिन्न जनबर्गिए संगठनका कार्यकर्ताहरुले झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोली बिरुद्व नाराबाजी गरिरहेका छन् ।




















