काठमाण्डौं – वर्तमान संकटको समाधानसहित ४ वटा कम्युनिष्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहितका दलहरुले समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले अवधारणापत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
‘संसदमा भएका पार्टीहरुबीचको खिचातानी, कलहले अहिले मुलुकमा उत्पन्न भएको समस्याको समाधान संसद पुर्नस्थापना र निर्वाचनले नदिने चारवटै पार्टीको ठहर गरेको छ ।
व्यवस्था नै असफल भैसकेकाले समस्या समाधानका लागि बैकल्पिक शक्तिहरुलाई भूमिका दिनुपर्ने उनीहरुको माग छ ।




















