काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम नसच्याए १० लाख मानिस राजधानीमा उतारेर बालुवाटर र सिंह दर्बारबार घर्ने चेतावनी दिए ।
आज (बुधबार) राजधानीको भृकुटी मण्डपमा भएको जनसभामा बोल्दै अध्यक्ष दाहालले जरूरी परे सिंहदरबार र बालुवाटार घेर्न आफुहरु १० लाख मानिस राजधानी उर्तान तयार रहेको बताएका हुन् ।
ओली समूहले २३ गते राजधानीमा गरेको प्रर्दशमा प्रधानमन्त्रीले सभा र प्रर्दशन कस्तो हुन्छ भन्ने कुरा दाहाल–नेपाल समूहलाई देखाई दिएको भन्ने चुनौतीलाई अध्यक्ष दाहालले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ ? विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन् । जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं ।’
उनले सभाबाटै प्रतिनिधिसभा पुनःस्थापना नभए देशमा आँधी हुरी आउने त्यसलाई कसैले रोक्न नसक्ने चेतावनी समेत दिए ।




















