काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्देशन दिएकी छन् ।
आयोगको आज परेको ३० औं स्थापना दिवसको अवसरमा आज (बुधबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई अन्त्य गर्न सकेमात्र भ्रष्टाचार न्यूनीकरण हुँदै जाने भन्दै त्यस्तो कार्यमा कडाईका साथ लाग्न निर्देशन दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले सार्वजनिक श्रोतको दुरुपयोग नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने कुरामा जोडदिईन ।
सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ नभएको भन्द्रै अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताए ।




















