एजेन्सी – उत्तर कोरियाले आफ्नो सैनिक सार्मथ्य प्रदर्शन गरेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ब्यालेस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको हो ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले नयाँ क्षेप्यास्त्रलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन बर्णन गरेको छ ।
प्योङयाङमा भएको सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको छ । त्यसलाई सर्वोच्च नेता किम जोङ उनले समेत अवलोकन गरेका छन ।
सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर समेत सार्वजनिक भएको छ । ठूलो आकारका कालो सेतो रङ्गका ४ वटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिएको छ ।
विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू प्रदर्शनमा देखिएको बताएका छन् । कोरियाली वर्कर्स पार्टीको ८औं महाधिवेशनका क्रममा यसअघि नेता किमले अमेरिका उत्तर कोरियाको अग्रणी शत्रु भएको बताएका थिए ।
उनले सो क्रममा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा समेत गरेका थिए ।




















