काठमाण्डौं – भारतमा बर्डफ्लु देखिए संगै नेपाल उच्च जोखिममा परेको भन्दै सरकारले सुरक्षाको पूर्वतयारी थालेको छ ।
केहीदिन अगाडी भारतमा बर्डफ्लु देखिएपछि नेपालमा पनि भित्रने खतरा देखिए पछि बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्व तयारी थालिएको हो ।
नेपाल भारत सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न कृषि मन्त्रालय निर्देशन समेत दिई सकेको छ ।
बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको मन्त्रालयले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेमा जानकारी दिन समेत आग्रह गरेको छ ।
जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन मन्त्रालयले किसानलाई आग्रह गरेको छ ।




















