काठमाण्डौँ – गायिका मेलिना राई र गायक, संगीतकार तथा संगीत संयोजक बादल लिम्बुको युगल गायनमा समावेश ‘यो जीवन’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको गीतमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट गरिएको छ । गीतमा शब्द ज्ञान लिम्बुले लेखेका हुन् भने स्वयम् गायक लिम्बुले यस गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन् ।
गोदावरीमा छायांकन भएको भिडियोमा सुजता थुलुङ र बादल लिम्बु फिचर्ड छन् । साथमा अतिथि कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय देख्न सकिन्छ ।
सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।




















