गोरखा – गोरखाको झ्याल्ला भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक गंभिर घाईते भएका छन् ।
जिल्लाको अजिरकोट गाउँपालिका ५ को झ्याल्लामा ना.६ त ७१२५ नम्बरको ट्याक्टर बिहिबार राती दुर्घटना हुदा चालक गोरखा नगरपालिका १० कुन्दुरटारका रामकुमार कुमाल गंभिर घाईते भएका हुन् ।
उनलाई थप उपचारको लागि हिजै राती गोरखा अस्पतालले चितवन मेडिकल कलेज रिफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा प्रमुख मित्रलाल ढकालले बताए । ढकालका अनुसार चालकका मुख, अनुहार तथा शरिरको विभिन्न भागका चोट देखिएको र वेहोश अवस्थामा नै चितवन उपचारको लागि पठाईएको जानकारी दिए ।
ट्याक्टर बालुवाबाट चनौटै तर्फ जादै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनाका बिषयमा अनुसन्धान भई रहेको र ट्याक्टर सडकबाट ६० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
ट्याक्टरमा अरु को को सवार थिए भन्ने बिषयमा भने अझै खुल्न सकेको छैन ।




















