×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३१ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा दाहाल–नेपाल समूहले दिन थाल्यो कार्यकतालाई प्रशिक्षण

  •  गोरखा समाचार
  • शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सदरमुकाममा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    जिल्लाका ५ वटा स्थानीय तहहरुमा आफु पक्षिय नेता कार्यकर्ताहरुका लागि पछिल्लो समसामहिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण गराएको हो ।

    गोरखा र पालुङटार नगरपालिका, शहिद लखन, भीमसेन थापा र सिरानचोक गाउँपालिकामा पार्टी भित्रको पछिल्लो अबस्था तथा राजनीतिक घटनाक्रमका बिषयमा प्रशिक्षण गराइएको जिल्ला इन्चार्ज कृष्ण धितालले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुष ५ गते संसद बिघटन गरेपछि औपचारिक बिभाजन घोषणा मात्र बाँकी रहेको नेकपाको दाहाल–नेपाल समूहले बिहिबारदेखि जिल्ला भित्र पार्टी कार्यकर्तालाई भेला, बैचारिक राजनीतिक प्रशिक्षण सुरु गरेको छ ।

    अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै यसका बिरुद्ध शसक्त भएर लाग्न निर्देशन दिएका छन् ।

    गोरखा नगरपालिका स्तरीय पार्टीका अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण धिताल, नगरपार्टी कमिटिका अध्यक्ष बिशेश्वर कट्टेल लगायतले प्रशिक्षण गराएका थिए ।

    नेकपा पालुङटार नगरकमिटि स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, केन्द्रीय सदस्य पर्शुराम रम्तेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पार्टीका बुद्धिजिवी संगठनको संयोजक डा.दिनेशचन्द्र देवकोटा, पार्टीका गण्डकी प्रदेश समितिको कार्यालय सदस्य खोप बहाहुर कंडेल, गण्डकी प्रदेश कमिटिका सदस्य जुद्धबिलास भण्डारी, पालुङटार नगरपालिका उपाध्यक्ष पम्फा बसेल लगायतले प्रशिक्षण गराएका थिए ।

    त्यस्तै गरी सिरानचोक गाउँपालिकामा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए भने शहिद लखन गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य अमर तमु, नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापा, धनबहादुर बि.क लगायतले कार्यकर्ताहरुलाई प्रशिक्षण गराएका थिए ।

    उता भिमसेन थापा गाउँपालिका स्तरीय पार्टीका अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रममा भने नेकपाका केन्द्रीय सदस्य सुसिला सिखंडा, गाउँपालिका पार्टी कमिटिका अध्यक्ष बिनोद पाण्डे, जिल्ला पार्टी सचिवालय सदस्य प्रदिप सिंखडा, गोपाल बराइली लगायतले प्रशिक्षण गराएका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.