गोरखा – राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अबसरमा गोरखा सदरमुकाममा रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय खेलकुद बिभागको आयोजना र नेपाली काँग्रेस गोरखाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटीको समन्वयमा सदरमुकामको हरमटारी चोकमा रत्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमको काग्रेस केन्द्रीय खेलकुद बिभागका प्रमुख मोहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रगतको अभावन भएको भन्दै बिभागले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसर पारेर गोरखामा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
बि।स २०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवशको रुपमा मनाउदै आएको छ ।
कार्यक्रममा संकलित ३६ प्रिन्ट रगत क्षेत्रिय रत्तसञ्चार केन्द्र भरतपुर पठाईएको रेडक्रक गोरखा शाखाका सभापति भगवानबावु मास्केले बताए ।




















