गोरखा – नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रपती बिद्यादेवी भण्डारी स्वतन्त्र नभएर गुटको नेता भएको आरोप लगाउदै अब राजिनामा दिएर चुनावमा लडन सुझाव दिए ।
विपिको मेलमिलाप दिवशको अवशरमा ओयोजित कार्यक्रममा भागलिन गोरखा आएका बस्नेतले पत्रकारहरु संग कुरा गर्दै बिगतमा राष्ट्रपती जे पार्टीको भएतापनि स्वतन्त्र भएर काम गर्न नसकेको आरोप लगाउदै ‘अब राष्ट्रपती जी बाट अब मुलुकमा केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइ सकेकोले राजिनामा दिएर हिडे हुने’ भन्दै ‘त्यसपछि केपी ओलीको गुटमा साधारण सदस्य लिएर चुनाव लडन’ सुझाव दिए ।
नेता बस्नेतले संमाननिय प्रधानमन्त्री मात्र होइन यो देशको अभिभावक, नेपाली जनताको संरक्षक, महामहिम राष्ट्रपती वतन्त्र भएर बसिदिनुपर्ने ठाउँमा एउटा पार्टीको मात्र नभएर गुटको नेता जस्तो भएर काम गरिरहनु आरोप लगाए । उनले नेपाली जनताले ६ दशक भन्दा लामो समय देखी कुरेर ल्याएको संविधानमाथी प्रधानमन्त्री भन्दा माथि उठेर राष्ट्रपतीले नेपाली जनता माथि कुठाराघात गरेको बताए ।
पत्रकारहरुको जिज्ञासामा नेता बस्नेतले संसद पुनःस्थापनाको केस सर्वोच्च सम्म पुगी सकेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी नेपाली काँग्रेले नाराबाजी गर्न नहुने समेत बताए ।




















