गोरखा – जिल्लाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेलाई कोरोना संक्रमणको पुष्टी भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा पाण्डेलाई संक्रमण पुष्टी भएको हो ।
अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल मार्फत आफुलाई सक्रमण भएको पुष्टी गर्दै आफ्नो सम्र्पकमा आएका सबैलाई सचेत रहन र स्वाब परिक्षण गराउने भनेको छ ।
केहि समय देखि अस्वास्थ पाण्डेको स्वास्थ्यमा झनै समस्या आएपछी पिसिआर गरिएको थियो । उनी संगै चालकलाई पनि संक्रमण पुष्टी भएको पाण्डेले बताए ।a


