गोरखा – बुधबार जिल्लाको ३ स्थानिय तहमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भिमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकामा २ जना पुरुष, गोरखा नगरपालिकामा १/१ जना महिला र पुरुष रहेका छन् भने शहिद लखन गाउँपालिकामा १÷१ जना महिला पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।



