गोरखा – गोरखाको गण्डकी गाउँपािलमा एक गैर सरकारी संस्थाले ल्यापटप र टिभी बितरण गरेको छन् । पालिका भित्र रहेको ३० वटा बिद्यालयहरुलाई ल्यापटप र टिभी वितरण गरेका हुन् ।
पालिका भित्रको बिधालयहरुलाई प्रबिधिमैत्री बनाउने उद्वेश्यका साथ ९ वटै वडामा रहेको बिद्यालयहरुलाई ल्यापटप र टिभी बितरण गरिएको गाउँपालिका प्रमुख होमबहादुर थापाले बताए ।
पालिकाको सहकार्यमा फाउण्डेशनले उक्त सामग्री उपलब्ध गराइएको पालिकाले जनाएको छ । प्रत्येक बिद्यालयलाई १÷१ थान ल्यापटप र टिभी बितरण गरेको फाउण्डेशनले जनाएको छ । उत्त सामाग्री खरिदका लािग पालिकाले फाउण्डेसनलाई ५ लाख रुपैया उपलब्ध गराएको थियो ।
सामाग्री खरिदका लागि आबश्यक थप ३० लाख रुपैया फाउण्डेसनले व्यहोरेको हो । कोरोना संक्रमणका कारण बिद्यालयहरुमा अनलाईन कक्षाको बिकास गर्नुपर्ने दायित्व पालिकालाई भएको कारण फाउण्डेशन संगको सहकार्यमा उत्त कार्यको थालनी गरिएको हो ।
अनलाइन प्रबिधिको प्रयोगका लागि अहिले बिधालयका कम्युटर शिक्षकलाई पालिकाले २ घण्टाको तालिम समेत प्रदान गरिरहेको छ । फाउण्डेसनको तर्फबाट पनि सवै बिधालयमा पुगेर जडान तथा चलाउन सिकाउने व्यवस्था मिलाईएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
सोही बिद्यालयहरुलाई ग्लोवल समाज जापानको सहयोगमा प्रत्येक बिधालयलाई १/१ थान थर्मल गन समेत उपलब्ध गराएको छ ।


