गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज गोरखा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।
नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय बमोजिम गोरखा सदरमुकाममा पनि बिरोध प्रर्दशन कार्यक्रम भएको हो ।
प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका थिए । नेकपा नगरकमिटी रहेको चाइनिज धाराबाट शुरु भएको प्रदर्शनले नगरको विभिन्न भागको परिक्रमा गरी लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई संबोधान गर्दै नेकपा केन्द्रिय सदस्य एवं संगठन विभाव सस्दय हरी अधिकारीले नेपाली जनता र संविधानका बिरुद्व ओली सरकार लागेको भन्दै संविधान माथि कोही कसैले पनि च्यालेन्ज नगर्न चेतावनी दिएका थिए । अधिकारीले यो निर्वाचन नै आवश्यक नरहेको बताए । ‘शिक्षा र स्वास्थ्य क्षेत्र चौपट भएको छ । सर्व साधारण जनताले कुनै पनि सेवा पाउन सकेको छैन अनि अर्बै रकम खर्चेर निर्वाचन के का लागि ?’ अधिकारीले भने । उनले प्रधानमन्त्री ओली देशी विदेशी प्रतिगामीहरुको मतियार भएको समेृत आरोप लगाए ।
नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापामगरको अध्यक्षतामा भएको कोण सभालाई दिनेशचन्द्र देवकोटा समेतले संबोधन गरेका थिए । ठुलो संख्यामा उपस्थित कार्यकताले प्रधानमन्त्री ओली, राष्ट्रपती बिद्यादेवी भण्डारी बिरुद्व नाराबाजी गरेका थिए ।
नेकपा गोरखाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न १००१ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेको थियो ।


