गोरखा – गोरखा सदरमुकामबाट लागू औषध सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकामको वसपार्कमा हिडीरहेका नविन नेपालीलाई प्रहरीले शंका लागेर खानतलासी गर्दा लागू औषध फेला परेपछी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुुर थापाका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका ७ बतासे घर भएका २१ बर्षका नेपालीबाट ११० थान लागू औषध बरामद गरिएको छ । नेपालीको साथबाट डाइजेपाम ३८ एम्पुल, नुफ्रिन ३७ र फेनारलगन ३५ एम्पुल बरामद भएको हो ।
नेपालीले झोलामा लुकाएर बोकी हिडेको अबस्था लागू औषध भेटिएको प्रहरी जनाएको छ । पक्राउ परेका नेपाली बिरुद्ध गोरखा जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्धा दर्ता गरि २० दिनको थपेर अनुसन्धान अघि बढाइएको कार्यालयले जानकारी दिएको छ ।



