गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज गोरखा सदरमुकाममा बिरोध कार्यक्रम गर्ने भएको छ ।
संसद बिघटन र प्रतिगामी कदमका समूहले बिरोध कार्यक्रम गर्न लागेको हो ।
आज गर्ने बिरोध कार्यक्रममा लागि १००१ सदस्यीय संघर्ष समिति समेत निर्माण गरेको नेकपा दाहाल–नेपाल समूह गोरखाले जनाएको छ ।
आजको बिरोध ¥याली बिहान ११ः०० बजे नगरपार्टी कार्यालय चाईनिजधारबाट शुरु भएर हरमटारी–कालिमाटी–शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन हुदै पाटेचौरबाट लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत हुन समूहले जनाएको छ ।
कोण सभालाई नेकपा केन्द्रिय सदस्य एवं संगठन विभाव सस्दय हरी अधिकारीले संबोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा जिल्लाभरबाट सबै पालिकाको प्रतिनिधित्व हुने गरी कार्यकता सहभागीहुने समेत नेकपा गोरखाले जनाएको छ ।


