गोरखा – आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
आँपपिपल अस्पतालको आयोजना र मातृका आई केयर सेन्टर काठमाण्डौंको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रशासकिय प्रमुख बाबुराम गिरीले बताए । शिविरमा ३० जना पुरुष र १६ जना महिलाको शल्यक्रिया गरिएको छ ।
शिविरमा शल्यक्रिया बाहेक केही बिरामीहरुको आँखाको जाँच गराएको थियो । आँखा रोग बिशेषज्ञ डा.शोरराज प्रधानको नेतृत्वको चिकित्सक तथा स्वास्थकर्मीहरुको टोलीले बिरामीहरुको शल्यक्रिया र परिक्षण गरिएको आँपपिपल अस्पतालले जनाएको छ ।


