गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले गोरखामा आन्दोलन गर्न १००१ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको छ ।
संसद बिघटन र प्रतिगामी कदमका बिरुद्ध सडक तथा छलफल, भेला र अन्तरक्रियाकालागि १००१ सदस्यीय समिति निर्माण गरेको हो ।
सदरमुकामको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले चरणबद्ध आन्दोलनका लागि सर्घष समिति गठन गरेको अध्यक्ष लेखबहादुर थापाले बताए । ‘अब हामी जिल्ला भरी नै पौष १४ गतेबाट जनप्रर्दशन, जनबर्गिय संगठन, मोर्चा तथा जातीय भेला तथा आन्दोलन गर्दै छौ । त्यसका लागि पनि साथीहरुको सहयोग आवश्यक भएकोले हामीले १ हजार १ सदस्यीय समिति गठन गरेका हौ’ अध्यक्ष थापामगरले भने ।
बैठकले पहिलो चरणमा भोली पुष १४ गते सदरमुकाममा बृहत जनप्रर्दशन गर्ने निर्णय गरेको छ । साथै बैठकबाट पुष १६ र १७ गते पार्टी नगरकमिटि र गाउँपालिका कमिटिको बैठक, भेला र प्रशिक्षण गर्ने, पौष २० गते जिल्लामा रहेका सवै जनबर्गिय संगठन, मोर्चा र जातिय संगठनहरुको भेला गर्ने निर्णय समेत गरेको छ ।
के के निर्णय भयो त हेरौं…



