गोरखा – गोरखाको ३ स्थानिय तहमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक र गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरी थप १० जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये सिरानचोक गाउँपालिका २ मा ४५ बर्षका पुरुष र गण्डकी गाउँपालिकामा २२ बर्षिय महिला र ४५ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएको मध्ये सबै भन्दा बढी गोरखा नगरपालिकामा देखिएको छ । जहाँ ७ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गोरखा नगरपालिकाको ५ वटा वडामा ७ जनामा संक्रमण पुष्टी भएको छ । जस मध्ये १ मा २७ बर्षका पुरुष, ३ मा ५१ बर्षका पुरुष र ५ मा २४ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै गरी गोरखा नगरपालिका ६ मा एका घरमा ३ जनामा कोरोना देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जसमा ४० र ७७ बर्षिया महिला र १८ बर्षका बालकमा संक्रमण देखिएको छ । उता ७ मा पनि ४४ बर्षका पुरुषमा संक्रमण देखिएको शाखाले जनाएको छ ।





















