गोरखा – संसद बिघटनको बिरोधमा आज गोरखा सदरमुकाममा छुट्टाछुटै बिरोध प्रर्दशन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेको बिरोधमा जनता समाजबादी पाटी गोरखा र नेकपा दाहाल–नेपाल समूहले मसाल जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।
जसपाका नेता कार्यकर्ताले प्रहरी समेत छक्याएर सदरमुकामको लोकतान्त्रिक चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो ।
जसपाले पुरानो बसपार्कबाट मसाल जुलुस सहितको बिरोध प्रर्दशन गरेको हो थियो भने नेकपाले खोलखोलेमा रहेको पार्टी कार्यालयबाट मसालु जुलुश निकालेका थिए । बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य रमेश पोखरेलले संसद बिघटन गरेर सरकारले मुठभेड निम्त्याएको बताए । उनले जनताको बलिदान बाट प्राप्त उपलब्धीको रक्षाका लागि जस्तो सुकै आन्दोलनमा होमिन पार्टी तयार रहेको समेत बताए ।
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका युवा र बिधार्थी संगठनले पनि लोकतान्त्रिक चोकमा कोण सभा गर्दै युवासंघका केन्द्रिय सदस्य सुदिप नगरकोटीले प्रधानमन्त्री संबैधानिक ‘कु’ गरेको भन्दै जनताले त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताए ।
उनले प्रधानमन्त्री ओली नेपाली जनतालाई धोका दिएको भन्दै असंबैधानिक कदम तत्काल फिर्ता नलिए युवाहरु जस्तोसुकै संर्घषका लागि तयार रहेको चेतावनी दिए ।






