गोरखा – गोरखाको थानीथानमा ट्याक्टर दुर्घटना हुदा चालक गंभिर घाईते भएका छन् ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ४ को थानीथानको भित्री सडकमा ना.६ त ५८६२ नम्बरको ट्याक्टर दुर्घटना हुदा सिरानचोक गाउँपालिका ६ नयाँसाघु निवासी २४ बर्षका रोशन परियार घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले पुष्टी गरेको हो ।
हिजो भएको दुर्घटनाको आज मात्र जानकारी आए पछि घटना स्थल पुगेका प्रहरीले घाईते चालकलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाएको हो ।
ट्याक्टर कच्ची सडकबाट ८० मिटर तल खसेको छ ।


