गोरखा – क्रिसमसको अवशर पारेर जिल्लाको २ स्थानिय तहले आज को लागि सार्वजानिक बिदा दिएको छ ।
बिदा दिनेमा जिल्लाको पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । दुवै पालिकाले सूचना जारी गर्दै आजको लागि पालिका भित्रको सबैलाई लागु हुनेगरी सार्वजानिक बिदा दिएको हो ।
दुवै पालिकाको सबै प्रकारका सरकारी कार्यालय, शिक्षण संस्थान, संघ संस्थालाई लागु हुने गरी सार्वजानिक बिदा गरेको हो ।
यता सदरमुकामको गोरखा नगरपालिकाले भने शिक्षण संस्थानको लागि मात्र लागुहुने गरी बिदाको घोषणा गरेको छ ।




















