काठमाण्डौं – कुनै बेला नेपाली चलचित्रका गीतमा एकछत्र राज गर्न सफल वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा अझै पनि गीत–संगीत सिर्जनामा सक्रिय हुनुहुन्छ ।
संगीतकार बास्कोटाद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित एउटा युगल गीत ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
यस गीतमा स्वर लोकप्रिय गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको रहेको छ । अमेरिकामा बसेर सिर्जनामा सक्रिय गोपाल प्याकुरेलको रहेको छ । यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन् ।
प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन् । भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ ।
मिना भट्टराईले उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो ।


