गोरखा – जनता समाजबादी पार्टी गोरखाले संसद बिघटनको बिरोधमा आज सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।
संसद पुनस्थापनको माग गर्दै सदरमुकामको विभिन्न भागमा जसपाले प्रर्दशन गरेको हो ।
प्रर्दशनपछि लोकतान्त्रिक चोकमा आयोजिक कोणसभालाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य एवंम पूर्वसभासद ज्ञानेन्द्र कुमाले प्रधानमन्त्रीको असंबैधानिक कार्यबाट नेपाली जनताले २००७ सालदेखि प्राप्त गरेको सवै प्रकारका उपलब्धी खोसिएको बताए ।
सदस्य कुमालले राष्ट्रपति र प्रधानमन्त्री संसद बिघटनको मुख्य मतियार भएको भन्दै सभामुखले पनि बिशेष अधिकारको प्रयोग गर्न नसकेको भन्दै उसले पनि जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टीको झगडाले देशलाई बन्धक बनाउन नपाउने भन्दै ओलीले नेपाली जनतासंग माफी मागेर संसदको पुनस्थापना गर्नुपर्ने बताए ।
कोणसभालाई सम्बोधन गर्नुहुदै पाटीका अर्का केन्द्रिय सदस्य रमेश पोखरेलले प्रधानमन्त्री ओलीले सिंगो देशलाई आफ्नो बिर्ता ठानेको भन्दै त्यसको बिरोधमा पार्टी सर्घषमा उत्रनु परेको बताए ।
सम्पुण नेपाली जनताले बिश्वासका साथ ५ बर्ष शासन सत्ता सञ्चालनको जिम्मेवारी दिएको भन्दै नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धी माथि गरिएको खेलबाडका कारण राजाबादीहरु समेत सडकमा आउन थालेको आरोप लगाए ।
कोणसभालाई केन्द्रिय सदस्य एवंम गण्डकी प्रदेश सभाका सदस्य हरिशरण आर्चाय, केन्द्रिय सदस्य रोहित पाण्डे, गोेपालबाबु श्रेष्ठ, जिल्ला अध्यक्ष नारायण खत्री, युवा नेता मनबहादुर तामाङ लगायतले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टी आन्दोलनमा उत्रनु परेको बताए ।




















