×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उत्तरी गोरखाको श्रृगी र कोया पुल निर्माण सम्पन्न

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – उत्तरी गोरखाको चुम नुब्री गाउँपालिकामा रहेको श्रृगी र कोयाखोला माथिको झोलुङे पुल निर्माण सम्पन्न भएको छ ।

    चुम नुब्री गाउँपालिका ५ मा पर्ने दुवै खोला माथि बनेको पुल निर्माण सम्पन्न भए संगै पुलको उदघाट्न कार्यक्रम समेत सम्पन्न भएको पालिका अध्यक्ष धनबहादुर गुरुङ बताए । ‘पुल बने संगै श्रृगी गुम्बा जानको लागि ३ घण्टाको बाटो छोटिएको’ भन्दै अध्यक्ष गुरुङले ‘दुवै पुल निर्माण पछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुने छ’ भने ।

    हालै निर्माण सम्पन्न भएको उत्त पुल मध्ये कोया खोला माथि बनेको पुलको पालिका अध्यक्ष धनबहादुर गुरुङले र श्रृगी खोला माथि बनेको पुल श्रृगी गुम्बाका प्रमुख लामा टिल्कु कर्म लामाले रिबन काटेर उदघाटन गरेका थिए ।

    झोलुङे पुल निर्माणका लागि नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्वीस सरकारको सर्सत अनुदान मार्फत १ करोड ९८ लाख ५० हजार ४८६ रुपैयाँ १२ पैसा पालिकालाई प्राप्त भएको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।

    ‘श्रृगी खोला माथिको पुलकोलागि ९९ लाख ५४ हजार २५३ रुपैयाँ १२ पैसा र कोया खोला माथिको पुलकोलागि ९८ लाख ९६ हजार २३३ रुपैयाँ प्राप्त भएको’ अधिकृत श्रेष्ठले बताए । दुवै पुल उपभोत्ता समिति मार्फत निर्माण गरिएको हो ।

    श्रृगी पुल ११० मिटर लामो छ भने कोया खोला पुल १२० मिटल लामो छ । दुवै पुलको एक कार्यक्रम बिच अध्यक्ष गुरुङ र श्रृगी गुम्बाका प्रमुख लामा टिल्कु कर्म लामाले गरेका थिए ।

    श्रृगी खोला माथि बनेको पुलले अब श्रृगी गुम्बा जानका लागि ३ घण्टाको दुरी कम भएको गुम्बाका लामा टिल्कु कर्म लामाले बताए । ‘पहिला भिरको बाटो भएर तल माथि गर्दै गुम्बा जादाँ जोखिम पनि थियो । अब जोखिम पनि कम भयो र समयको पनि बचत भयो’ लामाले बताए ।

    कोया खोला माथि बनेको पुलले भने साविक प्रोक, ल्हो र सामागाउँ अर्थात चुमनुब्री गाउँपालिकाको ४, २ र १ मा आउ जाउ गर्न सजिलो हुने वडा नम्बर ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले बताए । ‘पहिलाको पुल जिर्ण थियो । ज्यान हत्केलामा राखेर हिड्नु पथ्र्यो । अब नयाँ पुल बने पछि सबै समस्या समाधान भएको छ’ वडाध्यक्ष लामाले भने ।

    यो पुल बने संगै अब मनास्लु यात्रामा जाने तथा लार्के पास गर्ने पर्यटकलाई समेत सहज हुने भएको छ ।

    दुवै खोला माथि बनेको पुल निर्माणकालागि हिमाली क्षेत्र बिकास केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको केन्द्रका सचिव बिरबल घलेले बताए ।

    तस्बिर अघ्यक्ष धनबहादुर गुरुङ

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.