काठमाण्डौं – गायक लोक पौडेलको स्वरमा रहेको ‘अलमल नगरौं’ शिर्षकको भिडियो सार्वजनिक भएको छ ।
समय र उमेर छदै ईश्वर प्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न यस भजन गीतका माध्यम बाट संदेश व्यक्त गरिएको छ । यस भजनमा डा.भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले यस भजनलाई संगीत संयोजन गरेका हुन् ।
आकर्षक तरिकाले निर्माण भएको भिडियोमा अन्जली अधिकारी र राज खड्काको अभिनय रहेको
छ । भिडियोमा आशुतोष आइडीको कोरियोग्राफी रहेको छ ।
बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।


