गोरखा – शान्ति समाज गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।
आइतबार सरकारले संसद विघटन गरेको भन्दै समाजले सदरमुकाममा बिरोध प्रर्दशन गरेको हो ।
सदरमुकामको अफिस चोकमा गरिएका प्रर्दशनमा नागरिक समाजका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।
समाजको जिल्ला अध्यक्ष विश्नाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख असोककुमार गुरुङ, शान्ति समाजका केन्द्रिय अनुसन्धान समितिका संयोजक स्थानेश्वर दुवाडी र मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारी समेतको उपस्थिती रहेको थियो ।
समाजले बिरोध संगै अफिस चोकमा २५ मिनेट धर्ना समेत दिएका थिए ।


