गोरखा – गोरखा सदरमुकाममा नेबिसंघले राँके जुलुल निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेको बिरोधमा संघले सदरमुकाममा राँके जुलुश निकालेको हो ।
संघका युवाहरुले सदरमुकामको विभिन्न स्थानमा राँके जुलुश प्रर्दशन गर्दै लोकतान्त्रिक चोकमा कोण सभामा आएर परिणत भएको थियो ।
कोण सभालाई संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले संबोधन गर्दै संसद नेकपा भित्रको आन्तरिक विवादलाई लिएर संसद विघटन गर्नु निन्दनिय कार्य भएको भन्दै तत्कालै नसच्याए युवाहरुले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।
कार्यक्रममा संघका युवाहरुले प्रधानमन्त्री ओली र राष्ट्रपती बिद्यादेखी भण्डारी बिरुद्व नाराबाजी समेत गरेका थिए ।


