गोरखा – जिल्लाको छोप्राकमा स्थानियले बिरोध सभा सम्पन्न गरेका छन् ।
सिरानचोक गाउँपालिकको कार्यालय साविक छोप्राकबाटै गर्न माग गर्दै स्थानियले बिरोध सभा सम्पन्न गरेका हुन् ।
पालिकाले सर्व सम्मत्त निर्णय अनुसार अहिले चित्रेबाट कार्यालय सञ्चालन गर्दै आएको भएता पनि सर्बोच्च अदालतले निर्णय नहुदा सम्म साविककै स्थानबाट सेवा सञ्चालन गर्न दिएको आदेश नमानेको भन्दै स्थानियले बिरोध गरेको हो ।
सर्बोच्चले ०७७ असोज २७ गते नै साविकको मैदान भन्ने स्थानबाट नै कार्यालय सञ्चालनको लागि आदेश दिएको थियो । बिचाराधिन उत्त मुद्वाका बिच स्थानियले सोमबार बिरोध सभा गर्दै तत्कालै मैदानबाट नै पालिकाको सबै सेवा सुचारु गर्न भनेको हो ।
सभालाई संबोधन गर्दै स्थानियले सर्बोच्चको आदेश नमान्ने पालिकाको हठले अदालतको अबहेलना भएको भन्दै पुनःकानूनी उपचार जान स्थानियलाई बाध्य नपार्न समेत सचेत गराएका थिए ।
फोटो दिपक हमाल




