गोरखा – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकारको सिफारीसमा संसद विघटन भएको दोष राष्ट्रपतीलाई दिन नमिल्ने धारणा राखेका छन् ।
गृह जिल्ला गोरखा आएका उनले सञ्चारकर्मीहरु कुरा गर्दै ‘राष्ट्रपतीले सरकारले गरेको सबै निर्णयमा मोहर लागने काम हो । त्यसैले आइतबार सरकारले संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपतीले स्विकृती दिएकोमा उनलाई दोष दिन नमिल्ने’ धारणा ब्यक्त गरेका हुन् ।
संविधान मस्यौदा समिति सदस्य समेत रहेका ढकालले संविधान त्यस्ता केही छिद्र छन तर त्यो सफा नियतले राखिएको भएता पनि बदनियत हिसाबले संसद भंग गर्नु राम्रो नभएको समेत टिप्पणी गरे । ‘संविधानमा त्यस्ता केही छिद्र हुन्छ । राम्रो नियतले राखेको छिद्रलाई नराम्रो नियतमा लागु गरिनु हुन्न’ उनले भने ।
सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष ढकालले अब देश गंभिर मोडमा पुगेकोले राष्ट्रिय समहतीको सरकारको आवश्यता परेको समेत उनले बताए । ‘देश गंभिर मोडमा छ । अहिलेको आवश्यता भनेको राष्ट्रिय सहमतीको सरकारको आवश्यता हो’ उनले भने ।
दलको आज राजधानीमा हुने बैठकले संसद विघटनको बिषयमा आधिकारीक धारणा सार्वजनिक गर्ने समेत उनले बताए ।



