गोरखा – लायन्स क्लबका नयाँ सदस्यहरुलाई अभिमुखीकरण सम्पन्न भएको छ ।
लायन्स क्लब अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकामको एक होटलमा जिल्लाभरका ५० जना लायनहरुलाई अभिमुखीकरण सम्पन्न भएको क्लबका गोरखा अध्यक्ष श्यामबावु श्रेष्ठले बताए । ‘जिल्लाको ५ वटा क्लबमा भएका नयाँ सदस्यहरुलाई लक्षित गरी अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको’ भन्दै अध्यक्ष श्रेष्ठले ‘कार्यक्रममा जिल्ला भरबाट ५० जनाको सहभागिता रहेको’ बताए ।
अभिमुखीकरण कार्यक्रममा लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखाकालीलका र लायन्स क्लब अफ दरौदीका नयाँ सदस्यहरुको सहभागीता रहेको क्लबले जनाएको छ । साथै लायन्स क्लब अफ आरुघाट र लायन्स क्लब अफ गोरखा सिटीको समेत सहभागीता रहेको थियो ।
सहभागीहरुलाई लायन्स क्लब, यसका उद्वेश्य र गनुपर्ने कार्यका बिषयमा लायन विशेश्वर आचार्यले प्रशिक्षण गराएको क्लबले जनाएको छ ।



