काठमाण्डौं – गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल लोहारको शब्द रहेको छ । रंजित गजमेरले नै यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम अली खान र जानकी थापा फिचर्ड छन् । रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् ।




















