गोरखा – गोरखा सदरमुकामको नारेश्वरमा रहेको १ नाबालकलाई पैसा अभाव भए पछि उपचारमा समस्या आएको छ ।
गोरखा नगरपालिका ३ नारेश्वरका रामशरण उपरकोटीका ८ महिने बालकको पैसा अभावमा उपचारमा समस्या आएको हो ।
पेटमा ठूलो मासुको डल्लो पलाएको ति बालकको अहिले अभिभावक संग पैसा नहुदा घरमा उपचार बिनै घरैमा राख्दै आएका छन । जन्मदैमा समस्या देखिएका ति बालकको पेटको भित्रको आन्दाभुँडी समेत देखिने गरेको उनका बुवा रामशरणलले बताए । ‘उपचार गराउन धेरै ठाउँ लगेऔं’ रामशरणले भने, ‘सानो बच्चालाई अपरेसन गर्न गाहो हुन्छ । ३/४ महिना पछि आउनुहोस भनेर डाक्टर साहेबले घर पठाइदिनु भयो । अहिले आठ महिना भयो तर आफु संग बच्चाको उपचारका लागि पैसा नहुदा उपचार गर्न नपाएको’ उनले दुखेसो पोखे ।
अहिले बच्चाको पेटमा भएको मासुको ढल्ला झनै बड्दै गएको र बच्चालाई समस्या हुन थालेको परिवारले बताए । बच्चालाई गोरखा जिल्ला अस्पताल हुदै भरतपुर र काठमाण्डौका विभिन्न अस्पतलामा पु¥याइएको थियो ।
बन्दाबदी पछि बच्चाको उपचारले निरन्तरता पाउन सकेन । आर्थिक रुपनै विपन्न रामशरणका परिवार अहिले दाताहरुको पर्खाइमा छन् ।
त्यसै त शमशरण आफै पनि असत्त छन् । सानै देखि हात खुट्टा लुलो हुने समस्याबाट ग्रसित उनी बैसाखीको साहरामा सामान्य उठबस गर्न मात्र सक्छन् । परिवारमा कोही कसैको पनि कमाई नभएका कारण पनि अहिले बच्चाको उपचारमा उनलाई समस्या परेको छिमेकीहरु बताउछन् ।
केही सामाजिक ब्यत्ति र संघ संस्था बाट सामान्य रकम प्राप्त गरेका रामशरणले छोराको उपचारका लागि सबैले आर्थिक सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
तस्बिर श्यामबावु श्रेष्ठकाे फेसबुक पेजबाट


