गोरखा –सदरमुकाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सरकारी वेवास्ताका कारण कोरोना संक्रमण झनै भयावह भएको बताएका छन् ।
इन्सेक गोरखाको आयोजनामा भएको ‘कोभिड–१९ जोखिम, न्यूनिकरणका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उत्त कुरा बताएका हुन् ।
पत्रकार किरण लोहनीले प्रस्तुत गरेको ‘कोभिड–१९ संक्रमण र नागरिक समाज तथा सञ्चारमाध्यमको भूमिका’ बिषय कार्यपत्र माथि टिप्पणी गर्दै गैसस गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, शान्ति समाज गोरखाका सिताराम तिवारी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंङ थापाले नागरिक समाज र सञ्चाल जगतले खवरदारी गर्दा गर्दै पनि पछिल्लो समय सरकारी वेवास्ताकै कारण समुदाय स्तरमा नै कोरोना संक्रमणको जोखिम फैलदै गएको बताएका हुन् ।
मानव अधिकार सञ्चालका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी, नागरिकि समाजका प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


