गोरखा – गोरखा सदरमुकाममा एक महिलाले आफ्नै श्रीमानलाई खुर्पा प्रहार गर्दा गंभिर घाईते भएका छन् ।
गोरखा नगरपालिका १ ताप्लेमा आज (बिहीबार) बिहान ७ः३० बजे भएको उत्त घटनामा परी ७८ बर्षका हरीप्रसाद सिंखडा गंभिर घाईते भएका हुन् ।
उनको गोरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि चितवन लगिएको छ । घाईतेको सघन उपचार कक्षमा राखेर उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकी ६७ बर्षिया थानकुमारी सिंखडाले सामान्य विवादका क्रममा श्रीमानलाई खुर्पाले शरिरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ । ‘टाँउको, घाँटी तथा शरिरको धेरै भागमा चोट छ । गोरखामा उपचार हुन नसके पछि थप उपचारको लागि चितवन पठाईएको’ प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।
श्रीमान श्रीमती मात्र बस्ने घरमा सधै जसो झै झगडा हुने भएता पनि आज भने उनले आफ्नै श्रीमानलाई खुर्पाले प्रहार गरेछन् स्थानियले भने । थानकुमारी विगत देखी नै मानसिक सुन्तलन गुमाएकी ब्यत्ति भएको समेत स्थानियले बताए ।
पिडक थानकुमारीलाई प्रहरीले थुनुवा कक्षमा समेत राख्न असजिलो भएको र जाहेरी पनि नपरेको भन्दै वडध्यक्ष र स्थानियको रोहबरमा घटना भएकै घरमा बस्ने गरी पठाउने तयारी भई रहेको समेत प्रहरी कार्यालले जानकारी दिएको छ ।


