गोरखा – गोरखा नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सूचना निकाल्दै गोरखा नगरपालिका ३ र ७ मा २ जना पुरुषमा संक्रमण देखिएको पुष्टी गरेको हो ।
निर्देशनालयका अनुसार गोरखा नगरपालिका ३ मा ६६ बर्षका र ७ मा ७० बर्षका १/१ पुरुषमा संक्रमणको देखिएको छ ।
दुवै जनाको चितवनको फिभर क्लिनिकमा गरिएको कोरोना परीक्षणमा संक्रमणको पुष्टी भएको हो ।



