गोरखा – जिल्लाको ४ स्थानिय तहमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भिमसेन थापा, आरुघाट र गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरी थप ७ जनामा बुधबार कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार भिमसेन थापा गाउँपालिकामा १ जना महिला, आरुघाट गाउँपालिकामा १ जना पुरुष र गण्डकी गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी गोरखा नगरपालिकाको ५ मा १ जना पुरुष र ६ मा १÷१ जना महिला र पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण देखिएको सबै जना कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब लिएको र सबैको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।





















