गोरखा – गोरखामा आज बिहान रात्रिकालिन यात्रुबाहक बस दुर्घटना भएको छ ।
राजधानीबाट सोती तर्फ जादै गरेको ग.१ ख ९४४६ नम्बरको बस जिल्लाको भिमसेन थापा गाउँपालिका ३ को तान्त्राङ स्थित मुरली भञ्ज्याङमा दुर्घटना हुदा बसमा सवार मध्ये ५ जना गंभिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बिहान ४ः३० बजे भएको उत्त दुर्घटनामा परी घार्चे गाउँपालिका ६ बस्ने ५० बर्षका सुरमान घले, भिमसेन थापा गाउँपालिका ३ का २९ बर्षका उत्तम पुडासैनी, सोही स्थानका ३० बर्षका मनोज पुडासैनी गंभिर घाईते भएको ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
सोही दुर्घटनामा परी भिमसेन थापा गाउँपालिका ३ कै २९ बर्षका उज्वल पुडासैनी र धार्चे गाउँ पालिका केरौजाका ३२ बर्षिया कान्छि गुरुङ घाईते भएका छन् ।
घाईते मध्ये ३ जनलाई बिहानै धादिङ हुदै राजधानीमा थप उपचारको लागि पठाईएको र २ जनाको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
कार्यालयका अनुसार दुर्घटना लगत्तै चालक फरार भएकाले के कति कारणले दुर्घटना भएको हो यंकिन गर्न नसकिएको जनाएको छ ।
सो बसमा ३५ देखी ४० जना सवार भएको कार्यालयले जनाएको छ । विस्तृत विवरण भने आँउन बाँकी नै छ ।



