गोरखा – नेपाली काँग्रेस गोरखाले सरकार बिरुद्ध गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज जिल्ला सदरमुकाममा प्रदर्शन गरेको हो ।
पार्टी कार्यालय तिनधारेबाट ठुलो आँगन, पदेली, बसपार्क, शक्तिचोक हुदै अफिस एरिया चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ र डिएन योगी र जिल्ला पार्टी सभापति हरिबहादुर घलेले तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि दुब्र्यवहार भएको ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार मौलाएको, हत्याहिंसा र बलात्कारको घटना दिनदिनै बढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
बिरोध जुलुशमा सहभागी हुन गाउँगाउँ देखी काँग्रेस कार्यकताहरु सदरमुकाममा भेला भएका थिए ।



























