गोरखा – गोरखाको बारपाकमा भालीबाट केन्द्रिय प्रशारण लाईनको बिद्युत बितरण हुने भएको छ ।
केही दिनदेखी गोरखा बितरण केन्द्रले लाईन टेस्टिङ गरे पछि भोली (सोमबार)बाट नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन जडान हुने भएको हो ।
०७२ सालको ‘गोरखा भूकम्प’को केन्द्र बिन्दु मानिएको उत्त ठाउँमा अहिलेसम्म पनि स्थानीय बिरबहादुर घलेले उत्पादन गर्दै आएको लधुजलबिद्युत आयोजनाको बत्ती बाल्दै आएका थिए ।
बारपाकका स्थानीयले सोमबारबाट केन्द्रिय प्रशारण लाईनबाट बिजुली बत्ती बाल्न पाउने भए पछि खुशी ब्यक्त गरेका छन् । ‘यहीको बिद्युत लाइनबाट सबै काम गर्न समस्या थियो । अब केन्द्रिय प्रशारण लाईन जोडिने भए पछि हामीले अरु ठुला उद्यम समेत गर्न सजिलो हुने भयो’ स्थानिय मनोज घलेले बताए ।
उनी जस्तै त्यहाँ बसोबास गर्ने धेरै मानिस खुशी भएका छन । २ दशक भन्दा बढी समय सम्म बारपाक बासीले बिरबहादुरले उत्पादन गर्दै आएको राङरुङ खोलाको बिद्युत प्रयोग गरो पनि त्यो स्थायी हुन सकेको थिए ।
सोमबार देखी घर घरमा बिद्युत जडानका लागि नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण शाखाका प्राबिधिक सहितको टोली बारपाक पुगि सकेको शाखाका प्रमुख माधब न्यौपानले बताए ।
प्राबिधिकहरुको टोलीले बिद्युतको चुहावट र फिल्डमा बसेर अन्य कुराको अध्ययन गरिरहेको र सोमबार बाट बिद्युत बितरणमा समस्या नहुने देखिए पछि बितरण प्रकृयाको थालनी गरिएको गोरखा शाखाले जनाएको छ ।
सोमबार साँकेतिक रुपमा बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बाल्ने योजना शाखाले गरेको छ । त्यस लगत्तै क्रमश.सबैको घर घरमा बिद्युत जडानको काम तिब्र गतिमा थालीने र २ सातामा सबै घरहरुमा बिद्युत जडान गरेर प्राविधिकहरुको टोली सदरमुकाम फर्कने कार्यक्रम रहेको तय गरिएको छ ।
ऐतिहासिक स्थान मानिएको उत्त स्थानमा बिद्युत लान बालुवादेखि–राङ्गरुङ्ग–मान्दे्र हुदै वारपाक सम्म ४ वटा ट्रान्सफर्मर राखेर पुरयाईएको छ ।




















